बुधबार ५ बैशाख, २०८१ (Wednesday April 17, 2024)

त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने

बिहीबार ३ फाल्गुन, २०८० nepalexplores 1138


त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने

३ फागुन, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ। त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ।

समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ। 


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता हुने र बाकीको दिउँसो १ बजे देखि अन्तर्वार्ता हुने समितिले जनाएको छ। प्रस्तुतिकरणको र अन्तर्वार्ताको मूल्यांकनको आधारमा समितिले बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्ने छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु