शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

बानेश्वर र सिंहदरबारको फुटपाथमा हिँड्न निषेध

मंगलवार १५ फाल्गुन, २०८० nepalexplores 1328


बानेश्वर र सिंहदरबारको फुटपाथमा हिँड्न निषेध

१५ फागुन, काठमाडौं । 
प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न निषेध गरेको छ।

सोमबार लघुवित्तका ऋणीहरुको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि। सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा हिँड्न रोक लगाइएको हो। सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ। त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ। त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ।

 

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन। फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडक बाटै हिँडेका छन्। 

 

सोमबार लघुवित्तका ऋणीहरुको झण्डै ५० जनाको समूह संघीय संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिए।

 




मतहरू

Colton

Astrid Montoya


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु