शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध

मंगलवार ४ मंसिर, २०८१ nepalexplores 1381


पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध

४ मङ्सिर, काठमाडौं । 
पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध गरेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुसार चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको जनाएको छ। 

पदयात्रामा जाने कतिपय पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजनाले बताएको छ। 

पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्ने जस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई अनुरोध गरेको छ। 

आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन्। 

आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ। मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख प्रमुख डा.रविन कडरियाले बताए।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु