आईतवार २१ असार, २०८३ (Sunday July 05, 2026)

काठमाडौं महानगरले सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै 

बिहीबार १७ फाल्गुन, २०८० nepalexplores 1601


काठमाडौं महानगरले सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै 

१७ फागुन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ। बिगतको बर्षमा पनि महानगरले सार्वजनिक स्थलमा भित्तो चित्र लेखन गरेको थियो। भित्ताहरुमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने जनाएको छ।  जस अनुरुप महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरेर काम अगाडि बढाउने भएको छ।

 

महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र कोर्ने छ। २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरि काम गर्ने शाक्यले बताए। स्वीकृत कार्ययोजनाका आधारमा काम हुने र भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान तथा क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । 

 

पहिलो चरणमा माइतीघर बाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन भित्त, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन् ।


चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ। यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने। सम्झौता भएपछि ६० प्रतिशत अर्थात ३० लाख रुपैयाँ र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत, २० लाख रुपैयाँ प्रदान गरिने सम्झौतामा उल्लेख छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु