शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

श्रममन्त्री र कतारका लागि राजदूतबीच भेटवार्ता

बुधबार ५ बैशाख, २०८१ nepalexplores 1464


श्रममन्त्री र कतारका लागि राजदूतबीच भेटवार्ता

 ५ वैशाख, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेटवार्ता भएको छ। 

भेटमा श्रममन्त्रीले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ। त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भने।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए। कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको र नेपाली श्रमिकको सीप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस। हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने।

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनको  बिषयमा पनि छलफल भएको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु