शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

चुरे क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिँदै

मंगलवार २२ जेष्ठ, २०८१ nepalexplores 1508


चुरे क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिँदै

२२ जेठ, काठमाडौं । 
चुरे क्षेत्र कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिदैं जान थालेका छन्। 

कटारी–३ का स्थानीयको जानकारी अनुसार सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेस जस्ता पशुपक्षीहरु सिकार गर्ने गरेको छन्। भरुवा बन्दुक लिएर सिकारीहरु जङ्गलभरि सक्रिय छन्।”

दैनिक वनमा बन्दुक पड्केको आवाज सुनिने र सिकारी भेटिने गरेको घाँसे गोठालाहरु बताउँछन्। चुरे वनमा डढेलो लगाउने पनि सिकारी रहेको स्थानीयवासीको अनुमान छ । कटारी नगरपालिकाको चुरे वन क्षेत्रभित्र पर्ने वडा नं १ खसीबास, एक्लेसल्ला र सिरहाको गोलबजार नगरपालिका अन्तर्गतको चुरे किनारका बस्ती बाट सिकारी आउने गरेको स्थानीय बताउँछन्। 

अहिले चोरीसिकारी सक्रिय रहने मौसम रहेकाले दैनिक वनगस्ती खटाएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) ले जनाएको छ। “दैनिक गस्ती खटाएका छौँ, प्रहरीसँग पनि समन्वय गरिरहेका छौँ, अनुमतिबिना भरुवा बन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गरेका छौँ” “वन्यजन्तु अनुसार सिकारीलाई सजायको व्यवस्था कानुनमा छ, वनका उपभोक्ता समूहहरुलाई पनि सिकारी देखे भेटे पक्राउमा सहयोग गर्ने अनुरोध गरेको  डिभिजन वन कार्यालयले जनाएको छ।

सिकारीहरु कटारी र सिरहाको सिमानामा पर्ने चुरिया मन्दिरदेखि पूर्व, उदयपुरगढी गाउँपालिकाको नेपालटार र पश्चिमतर्फ सिरहादेखि उत्तरको वन क्षेत्रमा दैनिक भरुवा बन्दुकसहित सिकार गर्ने गरेको स्थानीय बताउँछन् । पशुपक्षी सिकारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनसम्बन्धी कारबाही हुने पनि डिभिजन वन कार्यालयले बताएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु