शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

भारतबाट इजरायलले १५ हजार कामदार लैजाने

बिहीबार २७ भाद्र, २०८१ nepalexplores 1319


भारतबाट इजरायलले १५ हजार कामदार लैजाने

२७ भदौ, काठमाडौं । 
भारतबाट इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ स्वास्थ्य र निर्माण क्षेत्रका लागि १५ हजार भारतीय कामदार लैजाने भएको छ।

कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि र १० हजार कामदार निर्माण क्षेत्रका लागि माग गरेको बताईएको हो।

इजरायली टोलीले निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सन्चालन गर्ने छ। शिविरबाट मापदण्ड र सिप हेरेर कामदार छनोट गर्ने जनाएको छ।

इजरायल सरकारको बोर्डर अथोरिटी (पीआईबीए)ले आइरन वेल्डिङ, फ्रेमवर्क, प्लास्टिङ र सेरामिक टाइलिङमा काम गर्ने भारतीय कामदार आवश्यक परेको जनकारी दिएको छ।

यसका अलावा इजरायलले स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले पाँच हजार केयर गिभर कामदार पनि लैजाने भएको छ। त्यसका लागि १० कक्षा पास गरेको वा कुनै मान्यताप्राप्त भारतीय संस्थानबाट प्रमाणपत्र तह पास गरेको वा कम्तिमा ९९० घण्टासम्म सम्बन्धित विषयमा तालिम लिएको योग्यता तोकिएको छ।

इजरायल सरकारका अनुसार छनोटमा परेका कामदारको मेडिकल बीमा, खाने, बस्ने फ्री सुविधासहित एक लाख ९२ हजार भारू मासिक तलब हुने छ। ती कामदारहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु