शुक्रबार २८ भाद्र, २०८१
२८ भदौ, काठमडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर,साउदी अरेबियन रियाल, कतारी रियाल, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ।
अमेरिकी डलर एकको खरिदर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम भएको छ। त्यसैगरी युरो एकको खरिदर १४७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ३८ पैसा दर कायम भएको छ। केन्द्रीय बैंकका अनुसार आजका लागि खरिददर १७४ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७१ पैसा तोकिएको छ।
आज क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रूपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ७० र बिक्रीदर १०३ रूपैयाँ १६ पैसा कायम भएको छ। स्वीस फ्रयांक एकको खरिददर १५६ रूपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
जापानिज येन १० को आजका लागि खरिददर नौ रूपैयाँ ४१ र बिक्रीदर ९ रूपैयाँ ४५ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा कायम छ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा कायम भएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।