आईतवार ३० भाद्र, २०८१
३० भदौ, काठमाडौँ ।
आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भाद्र शुक्ल द्वादशी बाट सुरु हुने जात्रा आज देखि हुँदैछ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने इन्द्रध्वजाको पूजा गरी इन्द्रजात्रालाई मनाईन्छ। असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो।
उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ। काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।