मंगलवार १५ आश्विन, २०८१
१५ असोज, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ।
आयल निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर २ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँले घटाएको छ।
मूल्य घटेपछि चारआली, विराटनगर, भलबारी, नेपालगञ्ज, धनगढी जनकपुर, अमलेखगञ्ज, र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ।
भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ। काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम छ।
नेपाल आयल निगमलको अनुसार आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ रुपियाँ, अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।