बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार लाग्दै

मंगलवार २२ आश्विन, २०८१ nepalexplores 2170


बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार लाग्दै

२२ असोज, काठमाडौं ।  
बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार मेला लाग्ने भएको छ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठमा पशुपंक्षी हाट बजार संचालन हुँदा स्थानीय किसानहरुले नजिकै आफ्नो पशुपंक्षी व्यापार गर्न सक्ने भएकाले खुशि भएका छन्। स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले घटस्थापनाका दिन हाट बजार उद्घाटन गरिएको थियो।

सुरु भएको हाटबजार फूलपातीका दिन पनि लाग्ने छ। प्रत्येक बिहीबार र आईतबार लाग्ने हाट बजारमा किसान आफैले अफ्नो उत्पादन बिक्री गर्न सक्ने छन्। काठमाडौं उपत्यका सहित देशभर चाडबाडको बेला बढ्दो मागलाई पूरा गर्न यो बजारको व्यवस्था गरिएको हो। 

बजार मेलामा पशुपन्छीलाई आवस्यक आहार र भेटनरीको व्यवस्था छ। यो बारा जिल्लाको सबैभन्दा ठूलो र व्यवस्थित हाट बजार भएकाले निकै चर्चा पाएको छ। 

स्थानीय किनासहरुको माग र आवश्यकता अनुसार हाट बजारलाई थप व्यवस्थित गर्दै लैजाने हाट बजार संचालक प्रतिनिधिले जनकारी दिए।

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु