शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

जलवायु परिवर्तनको जोखिममा नेपाल, आजदेखि कोप–२९ सुरु

सोमबार २६ कार्तिक, २०८१ nepalexplores 1468


जलवायु परिवर्तनको जोखिममा नेपाल, आजदेखि कोप–२९ सुरु

२६ कात्तिक, काठमाडौं । 
जलवायु परिवर्तनको जोखिममा नेपाल आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) सुरु भएको छ।

नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन्। कोप नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने छ।

१९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छौं हिमाल सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्ने बताएको छ।

जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरणहरु कोपमा प्रस्तुत गरिने छ। बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरुको उदाहरणहरु दिँदै जलवायुजन्य हानी नोक्सानीका बारे कोपमा प्रस्ततु गर्ने जनाएको हो।
 
सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा जलवायु वित्तलाई नै बढी प्राथमिकता दिइने सचिवालयले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु