आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

बुधबार २८ कार्तिक, २०८१ nepalexplores 1493


कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

२८ कात्तिक, काठमाडौं । 
कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन भएका छन्।

माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएको जनाएको छ। 

हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको माच्छापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए। आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए।

सम्पर्कविहीन भएका उनको खोजीका लागि  पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन्। 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु