शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

पर्यटन विभागले दिन सुरु गर्यो शरद ऋतुका लागि हिमाल आरोहण अनुमति 

शुक्रबार १९ भाद्र, २०८३ nepalexplores 1408


पर्यटन विभागले दिन सुरु गर्यो शरद ऋतुका लागि हिमाल आरोहण अनुमति 

१९ भदौ, काठमाडौं ।

पर्यटन विभागले शरद ऋतुमा हिमाल हारोहण गर्ने आरोहीहरुका लागि अनुमति दिन सुरु गरेको छ ।

सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको हो ।

मनसुन यामको बाढी र यसले गरेको वितण्डा बीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको विभागले जनाएको छ ।

बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

अनुमति लिने तीमध्ये ८७ महिला रहेको जनाएका छन् । भने मनास्लु हिमालमा २९ समूहका ३ सय ४८ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । 

मकालु हिमालमा १ समूहका ३ आरोहीले अनुमति लिएको छ । दङ्गा हिमाल (६ हजार २ सय २० मिटर) मा भने २ समूहका १६ जनाले आरोहण गर्न अनुमति लिएको जनाएको छ ।

अनुमति लिनेमध्ये सबैभन्दा धेरै चिनियाँ चीन बाट ५५, रुस ३९ र अमेरिकाका ३२ आरोहीले बिहीबारसम्म अनुमति लिइसकेको विभागले जनाएको छ ।

फ्रान्सका २७, बेलायत २४, नेपाली १५, पोल्यान्ड, क्यानडा र जर्मनीका १४, १४ आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्यांमा उल्लेख गरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु