शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु

बुधबार ३१ भाद्र, २०८३ nepalexplores 1231


शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु

३१ भदौ, काठमाडौं । 

शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ।

शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्।

३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। 

आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने आरोहीका सहयोगी बिसबहादुर गुरुङको बताएका छन्।

यस याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरू बाट २१ करोड २४ लाख ४८ हजार रुपैयाँ राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ। 

मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको र राजस्व पनि अहिलेसम्मकै धेरै संकलन भएको जनाएका छन्।

समुद्री सतहबाट ८ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो। भने गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु