शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

सीताराम विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न

बुधबार १९ मंसिर, २०८१ nepalexplores 1377


सीताराम विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न

१९ मंसिर, काठमाडौं । 
आज सीताराम विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न भएको छ। 

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ। जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो।

जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अथवा राजा जनकको प्रतिकात्मक रुपमा मन्दिरका महन्त सहमहन्त रामरोशन दास र रामका बुबा अथवा राजा दशरथको पिताको प्रतिकात्मक रुप राममन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको हो।

विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात् बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ। तिल्कोत्सवमा सम्धी मिलन हुने गर्छ।

राम मन्दिरमा महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ। यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ।

आज पनि हजारौंको संख्यामा तिलकोत्सव कार्यक्रममा साधुशन्त भक्तजनको सहभागिता थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु