शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

दृष्टिबिहिन आमा घर भवन निर्माणका लागि बन्यो समिति 

शुक्रबार १९ पुष, २०८१ nepalexplores 2257


दृष्टिबिहिन आमा घर भवन निर्माणका लागि बन्यो समिति 

१९ पुस, काठमाडौं ।
दृष्टिबिहिन आमा घर भवन निर्माणका लागि समिति बनेको छ। ग्लोबल अन्लाईन टेलिभिजन र दृष्टिबिहिन आमा घर सामाजिक संस्था मिलेर दृष्टिबिहिन आमा घर नयाँ निर्माणका लागि कार्य समिति बनाएको हो। 

सुन्दरीजल स्थित नयाँपाटीमा बिगत ७ बर्ष देखि अस्थायी टहरामा दृष्टिबिहिन आमा घर संचालन हुँदै आईरहेको छ। हाल यस संस्थामा ६८ जना दृष्टिबिहिन, अपाङ्ग, २९ जना बालबालिका र बृद्धहरु बसोबास गरिहेका छन्।

बालबालिकाको लागि पढाई खर्च जुटाउन गाह्रो भइरहेको छ। यस संस्था र बालबालिकाहरुलाई सहयोगको आवश्यकता परेको हुँदा सहयोग गर्न चाहने दाताहरुले सहयोग गरिदिनु हुन समेत अनुरोध गरिएको छ। 

अहिले स्थाई भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाले बसिन्जेल बस्न पाँउने र बेच्न नपाँउने गरि घर निर्माण गर्न सम्पूर्ण कागजात र नक्सा पास गरि दिएको छ।

दृष्टिबिहिन आमाघर सामाजिक संस्था र ग्लोबल अन्लाईन टेलिभिजनको संयुक्तमा दृष्टिबिहिन आमा घर भवन निर्माण समिति टेक बहादुर सार्कीको अध्यक्षतामा गठन भएको छ। 

समितिहरुममाः अध्यक्ष– टेक बहादुर सार्की, उपाध्यक्ष–गोरख खत्री, कोषध्याक्ष–मिन बहादुर तामाङ, सचीव– मदन थामी, सह सचीव–पुजा पिप्ले मुग्राती, सदस्यहरुमा फतम बहादुर गुरुङ, शम्बु श्रेष्ठ, निबेस श्रेष्ठ, आश बहादुर तामाङ रहेका छन्।

गोकर्णश्वर नगर पालिका वडा नम्बर ४ मेलम्चीरोडमा निर्माण हुँदै गरेको दृष्टिबिहिन आमा घर भवन तिन कोरोड लागतमा निर्माण हुने भएको छ।

जसले ग्लोबल अनलाइन टेलिभिजनलाई सूचना प्रचारप्रसार तथा आर्थिक सङकलन गर्न जिम्मेवारी दिएको छ। संस्था र टेलिभिजनको सयुंक्त भेलाले नयाँ भवन निर्माण कार्य समिती चयन गरि दुई पक्ष बिच सम्झौता गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु