शनिबार १७ फाल्गुन, २०८१
१७ फागुन, काठमाडौं ।
पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो।
पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वासका साथ पदयात्रा आयोजना गरिएको जनाएको छ। मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पु¥याउनका लागि पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताएका छन्।
पदमार्गमा बाट पर्यटकीय गन्तव्यको रुपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भङ्गार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ।
पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ।