शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि लिङ्गो योसिङ्खेल ल्याइयो

सोमबार १९ फाल्गुन, २०८१ nepalexplores 1305


भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि लिङ्गो योसिङ्खेल ल्याइयो

१९ फागुन, काठमाडौं । 
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ।

जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो।

जात्राका लागि एउटा मात्रा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना भएकाले दुइ वटा लिङ्गो जगेडाको लागि ल्याउने प्रचलन छ। तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म बिस्केट जात्रा सञ्चालन हुन्छ।

चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ। सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन रहि आएको छ। 

जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ।

करिब ५५ हात लामो लिङ्गो मानिसले हातले तानेर ल्याउने मल्लकालीन परम्परा रहे पनि विगत केही वर्षयता गुठी कार्यालय भक्तपुरले ठेक्का लगाएर ल्याउन थालिएको गुठी कार्यालय भक्तपुरले जनाएको छ।
    




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु