शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

बिहीबार ६ चैत्र, २०८१ nepalexplores 1181


पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

७ चैत, काठमाडौं । 
पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो।

महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रको रूपमा स्थापित गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरू बीच धार्मिक, सांस्कृतिक र खेलकुदको अवस्था आदानप्रदानका लागि महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

७ चैत २०७१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना भएको जनाएको छ।

चैत ७ देखि सुरु हुने महोत्सवमा ८ चैतमा मायादेवी मन्दिर बाहिरको उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुने र ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन हुने जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु