बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

बढ्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या

बुधबार २४ बैशाख, २०८२ nepalexplores 1180


बढ्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या

२४ वैशाख, काठमाडौं । 
अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। दोस्रो मुख्य पर्यटकीय याममा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको हो। सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको संरक्षण क्षेत्र (एक्याप)ले जाएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अनुसार गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले भ्रमण गरेको जनाएको छ। सन् २०२४ को अप्रिलमा ३३ हजार नौ सय ११ जना पर्यटकले उक्त क्षेत्रमा भित्रिएको र पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि भइरहेको ‘एक्याप’ को आँकडा अनुसार उल्लेख गरेको छ।

 कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको ‘एक्याप’ का प्रमुख डा.रविन कडरियाले बताएका छन्। मार्चदेखि मे महिनासम्म धार्मिक भ्रमणदेखि पदयात्राका लागि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा आउने गरेको बताएका छन्।

सन् २०२४ को पहिलो चार महिनामा ७८ हजार नौ सय ६८ पर्यटक भित्रिएकोमा यो वर्षको पहिलो चार महिनामा एक लाख तीन हजार २४ पर्यटक आएका छन्। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो।

वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ। ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु