शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु 

आईतवार ५ जेष्ठ, २०८२ nepalexplores 1879


मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु 

४ जेठ, काठमाडौं । 
मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु भएको छ। मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा सङ्कलनको याम सुरु भएको हो।

यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको छ।  जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्ला बाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ।

गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कु लगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ। वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन्।

गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेको जनाएका छन्।

यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवाला सँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु