शुक्रबार ८ जेष्ठ, २०८३ (Friday May 22, 2026)

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात

सोमबार २० जेष्ठ, २०८२ nepalexplores 1525


वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात

१९ जेठ, काठमाडौं ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका बाट रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयात भएको हो। चालु आर्थिको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थ बाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताएका छन्। चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ  आयात बाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ।

 गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो।वीरगञ्ज भन्सार कार्यालयको अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ।

चालु आवमा डिजेल आयात वापत कार्यालयले रु ३५ अर्ब ७० करोड, रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ। चालु आवको १० महिनामा पेट्रोल आयात बाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ। एलपी ग्याँस आयात वापत रु पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छ।

वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ।कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ।

कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयात बाट रु १५ करोड राजस्व सङ्कलन गरेको भन्सार कार्यलय वीरगन्जले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु