मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने

शुक्रबार ३१ जेष्ठ, २०८२ nepalexplores 1514


पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने

२९ जेठ, काठमाडौं ।
पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने भएको छ। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गलाई योग, ध्यान र तपोभूमिको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

मुन्दुम पदमार्ग भबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जनाएका छन्।

पदमार्गलाई ट्रेकिङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडक मार्ग निर्माणमा रोक लगाइएको मदमार्ग निर्माणमा लागेको जनाएका छन्।मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको र उक्त सूचना केन्द्र बाट पर्यटकले पदमार्गको विशेषता, भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित एवम् सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने बताएका छन्।

मुन्दुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको पर्ने गरेको छ। पदमार्ग बाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिएका छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु