सोमबार २७ श्रावण, २०८२
२६ साउन, काठमाडौं ।
अनलाइन कर्ताका लागि ‘नेपाल क्यान’ले निशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ।
नेपाल सरकारले हालै पारित गरेको विधेयकका कारण सबै अनलाइन वित्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदम पछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराउने भएको छ।
उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै पर्ने परिस्थितिलाई मध्यनजर गर्दै ‘नेपाल क्यान’ले निःशुल्क वेबसाइट बिल्डर सार्वजनिक गरेको छ।
जसको प्रयोग गरेर कुनै पनि व्यक्तिले बिना कोडिङ एक घण्टामै https://commerce.thecanbrand.com/ ई–कमर्स वेबसाइट तयार गरी अनलाइनमा बिक्री सुरु गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो सेवाले कुनै पनि विक्रेताले वेबसाइट निर्माणमा खर्च गर्ने समय, ऊर्जा र पैसाको ठूलो बचत गर्ने छ। भने यसले ग्राहक अनुभवलाई पनि अझ सहज र आकर्षक बनाउने छ। कुनै पनि व्यक्तिले वेबसाइट बनाउनका लागि फूल फङ्क्सनल मा लगइन गर्नुपर्नेछ। त्यसपछि दिइएको निर्देशन अनुसार केहीबेरमै वेबसाइट तयार हुने जनाएकाे छ।
प्रयोगकर्ताले वेबसाइटको नाम आफैले छान्न पाउने छन्। कम्पनीका अनुसार यसरी तयार गरिएको वेबसाइट र अनलाइन स्टोर विक्रेताको पूर्ण नियन्त्रणमा हुने छ भने बनाइएको वेबसाइटलाई सजिलै परिवर्तन गर्न सकिने बताइएको छ।
उक्त निःशुल्क वेबसाइट बिल्डरबाट उत्पादन र स्टक व्यवस्थापन गर्ने, नयाँ उत्पादन थप्ने, मूल्य अद्यावधिक गर्ने, स्टक स्थिति ट्र्याक गर्ने, अर्डर ट्र्याकिङ गर्ने, भुक्तानी प्रणालीसँग जोडिने, ढुवानी सहज बनाउने लगायतका सुविधा लिन पाइनेछ।
नेपाल क्यानका अनुसार नेपालको ई–कमर्स जगतमा यो क्रान्तिकारी कार्यक्रम हो। जसबाट प्राविधिक सीप नभएका व्यक्तिले पनि वेबसाइट बनाउने र प्रयोग गर्न सक्छन् भने केवल एक घण्टामा वेबसाइट तयार हुने समेत जनाएको छ।
यो सुविधा लिएबापत कुनै लागत वा वार्षिक शुल्क लाग्ने छैन। नेपाल क्यानका अनुसार, यो सुविधा विशेषगरी अनलाइन सुरुवात गर्न चाहने वा आफ्नो व्यवसाय डिजिटल बजारमा विस्तार गर्न चाहने सबैका लागि ठूलो सहयोग हुने उल्लेख गरेको छ।
‘हामीले सधैं आफ्ना विक्रेताको आवश्यकता प्राथमिकतामा राखेका छौं। यदि हाम्रो कुनै पहलले उनीहरूको व्यवसाय बढाउन मद्दत पु¥याउँछ साथै, हामी त्यसका लागि हरेक सम्भाव्य कदम चाल्छौं।’, नेपाल क्यानका एक अधिकारीले भनेका छन्।
Suresh yadav
Good but not all service including