आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

बाघ गणना गर्नका लागि सरकारले छुट्यायो २० लाख

मंगलवार १० भाद्र, २०८२ nepalexplores 1442


बाघ गणना गर्नका लागि सरकारले छुट्यायो २० लाख

१० भदौ, काठमाडौं ।
यस वर्ष बाघ गणना गर्नका लागि सरकारले २० लाख छुट्याएको छ।

राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले गैंडा गणना गर्ने तयारी गरिरहेको बेला बाघ पनि गणना गर्ने भएको हो।

विभाका अधिकारीहरुका अनुसार बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने भए पनि सरकारले चालु आर्थिक वर्षको बजेटमा २० लाख रकम विनियोजन गरेको जनाएको छ।

सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएपछि विभिन्न विदेशी दातृ निकाय तथा देशभित्रका विभिन्न निजी क्षेत्रसँग सहकार्य गरेर बाघ गणनाको काम अगाडि बढाउने तयारी रहको विभाग स्रोतले जनाएको छ।

यस अघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो। जस गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु