शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

अर्थ मन्त्रालय मातहतको १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय जलेर नष्ट 

शुक्रबार २७ भाद्र, २०८२ nepalexplores 1350


अर्थ मन्त्रालय मातहतको १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय जलेर नष्ट 

२७ भदौ, काठमाडौं । 
अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जलेर नष्ट भएको छ। 

जेनजी आन्दोलनका क्रममा आंशिक रुपमा जलेर क्षति भएको भन्सार कार्यालयहरुबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

अर्थ मन्त्रालय स्रोतको अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको जनाएको छ।

पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको स्रोतले जनाएको छ।

त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुली, विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ।

भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिएका छन्। 

आन्तरिक राजस्व कार्यालय बाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु