मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

राष्ट्रपतिलाई बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र

बिहीबार २८ कार्तिक, २०८२ nepalexplores 1315


राष्ट्रपतिलाई बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र

२७ कात्तिक, काठमाडौं।
चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेललाइ ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

आज चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

नेपालका लागि नियुक्त भएका राजदूतहरु इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी डाग्नी म्योस, श्रीलंकाकी रुवान्थी डेलपिटिया र म्यानमारका थान्त सिनले प्रमाणपत्र पेश गरेका हुन्।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंको होटल डुसिट प्रिन्सदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरू समेत सहभागि भएको बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु