बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

युक्रेनका राष्ट्रपतिले भेटे तिन देशका प्रधानमन्त्री र राष्ट्रपति

मंगलवार २४ मंसिर, २०८२ nepalexplores 1452


युक्रेनका राष्ट्रपतिले भेटे तिन देशका प्रधानमन्त्री र राष्ट्रपति

२३ मंसिर, काठमाडौं । 
युक्रेनका राष्ट्रपतिले तिन देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका छन्।

लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रन्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनका चान्सलर फ्रिड्रिख मत्र्जसँग भेटवार्ता गरेका हुन्।

बीबीसीको अनुसार भेटका क्रममा पछिल्लो साता युक्रेनी र अमेरिकी अधिकारीका तर्फबाट तयार गरिएको एक नयाँ शान्ति प्रस्तावमा चर्चा भएको जनाएको छ।

अमेरिकाले युक्रेन माथि रूससँग सम्झौताका लागि दबाव सिर्जना गरिरहेको भन्दै उनीहरूले युक्रेनको सुरक्षा सुनिश्चितताका अझै काम गर्न आवश्यक रहेकोमा जोड दिएको समाचारमा उल्लेख गरिएको छ।

भेटमा युरोपियन देशका नेताहरूले युद्ध समाप्तिको दिशामा कदम अगाडि बढाउनका लागि युक्रेनलाई समर्थन बढाउने र रूस माथि दबाव बनाउने ‘अहम् समय’ भएको बताएका छन्।

छलफलका क्रममा जेलेस्कीले युक्रेनले आज अमेरिकाका साथ संशोधित शान्ति प्रस्ताव साझा गर्ने बताएका थिए। 

जेलेन्स्की नेटो अधिकारीहरूसँग भेटवार्ता गर्न ब्रसेल्स गएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु