सोमबार ७ पुष, २०८२
७ पुस, काठमाडौं ।
सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको हो।
पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण मात्र निमार्ण गर्न बाँकी रहेको जनाएको छ।
सिद्धबाबा आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ। भने १ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको र १५१, १६१ र १३० मिटर लम्बाइ भएका ३ वटा बाइपास सुरुङको पनि निर्माण सकिएको जनाएको छ।
अहिले सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाको काम जारी रहेको उल्लेख गरेको छ।
यस आयोजना अन्तर्गत समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने तथा मुख्य सुरुङ बाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थाल्ने आयोजनाले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथायातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको अनुगमन गर्दै तोकिएकै समयमा निर्माणकार्य सम्पन्न गर्न अनुरोध गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासहित आयोजनास्थल पुगेका मन्त्री घिसिङले आयोजना निर्माण व्यवसायी बीच निरुपण हुन बाँकी विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिएका छन्।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङमार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो।
सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने समय रहेको छ।