शनिबार १८ माघ, २०८२ (Saturday January 31, 2026)

बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा 

मंगलवार ७ माघ, २०८२ nepalexplores 1859


बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा 

६ माघ, काठमाडौं। 
बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

रत्नेचौरमा कात्तिक–मङ्सिरमा फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन पाइने तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि पर्यटकको भीड लाग्ने गरेको जनाएको छ।

चार वर्षअघिसम्म सुनसान हुने रत्नचौरमा अहिले दैनिक दुई हजार जनासम्म पर्यटक आउँदा पर्यटकको चहलपहलले व्यापार वयवसाय र आर्थिक गतिविधि समेत बढेको स्थानियले बताएका छन्।

उत्तरतिर चाँदीझैँ टल्किने सेता हिमशृङ्खला, पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेको बताएका छन्।

रत्नेचौर बाट संसारको सातौँ (८ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल देखिन्छ। शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको स्थानीय युवा कुशल शर्माले बताएका छन्। 

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको जनाएको छ। पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माण लगायत जातजातिको पोशाक लगाएर तस्बिर, भिडियो खिच्ने गर्दछन्। 

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको वडाध्यक्ष टेकबहादुर थापाले बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु