मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

आज राष्ट्रिय सभा सदस्यका लागि मतदान हुँदै

आईतवार १२ माघ, २०८२ nepalexplores 1354


आज राष्ट्रिय सभा सदस्यका लागि मतदान हुँदै

११ माघ, काठमाडौँ । 
आज राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान हुँदै छ।

२०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँने छ।

निर्वाचन आयोगको अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको र निर्वाचनको लागि सबै तयारी पुरा भएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको अनुसार कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको बताएका छन्।

आज ९ः०० बजे बाट सुरु हुँने बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो।

गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु