आईतवार ३ फाल्गुन, २०८२ (Sunday February 15, 2026)

सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै कमी हुँदैनः गृहमन्त्री

शुक्रबार १ फाल्गुन, २०८२ nepalexplores 1182


सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै कमी हुँदैनः गृहमन्त्री

१ फागुन, काठमाडौँ। 
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै पनि कमी नहुने बताएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएका हुन्।

आज मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपालका पदाधिकारीहरु सँगको छलफलमा सो बताएका हुन्।

‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको स्पष्ट पारेका छन्।

छलफलमा स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थान बाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताएको छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु