शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन

शनिबार ७ चैत्र, २०८२ nepalexplores 1251


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन

७ चैत, काठमाडौं।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्ध अन्त्य गर्ने आश्वासन दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका हुन्। 

नेतन्याहुको भनाइ पछि हिजो नै कच्चा तेलको मूल्य घटेको छ। खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने आग्रह गरेको थियो।

तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि रहे पनि इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको जनाएको छ।

वासिङ्टनले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताए पछि नेतन्याहुको भने फरक टिप्पणी आएको हो। नेतान्याहुले ‘यो युद्ध मानिसहरूले सोचेभन्दा धेरै छिटो समाप्त हुँने’, कुनै निश्चित समय सीमा नदिई भनेका छन्। 

नेतन्याहूले, ‘इजरायलले संयुक्त राज्य अमेरिकालाई हर्मुजलाई सुरक्षित गर्ने प्रयासमा मद्दत गर्नेछ, जस मार्फत विश्वव्यापी तेल र ग्यासको पाँच भागको एक भाग प्रवाह हुन्छ।’

नेतन्याहूको टिप्पणी अघि तेहरानले आफ्नो दक्षिण पार्स क्षेत्रमा इजरायलको आक्रमणको बदलामा खाडी वरपरका धेरै ऊर्जा स्थलहरूमा आक्रमण गरे पछि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो।

यसै बीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो देशले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग संयुक्त राष्ट्र सङ्घको फ्रेमवर्क स्थापना गर्ने योजना बनाएको बताएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु