सोमबार ४ श्रावण, २०८३ (Monday July 20, 2026)

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि

आईतवार ३ श्रावण, २०८३ nepalexplores 1286


अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि

३ साउन, काठमाडौं ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०८२, ८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख डा. रवीन कडारियाले आव २०८१÷८२ दुई लाख ७८ हजार ११३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका जानकारी दिएका छन् । 

गत आर्थिक वर्षमा सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय, दोस्रोमा चिनियाँ १२ हजार ५३९ र तेस्रोमा अमेरिकाका ९ हजार ८८४ पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेको कडारियाले बताएका छन् ।

गत आर्थिक वर्षमा १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका आयोजना कार्यालयको तथ्याङ्कले देखाएको छ । तीमध्ये दक्षिण एसियाली मुुलुक बाट ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ रहेको जनाएका छन् ।

गत जेठमा भारत सहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै ३०० प्रतिशतले वृद्धि भएको प्रमुख डा कडारियाले बताएका छन् ।

यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार लगायतका कारणले पर्यटक बृद्धि भएको जनाएको छ । 

अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडे पानी लगायत गन्तव्यस्थलमा पुग्ने गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको आयोजना प्रमख डा कडारियाले जानकारी दिएका छन् । 

७ हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु