शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

उपराष्ट्रपति रामसहाय यादव र स्वीस राजदूत डेनियल बीच भेट

शुक्रबार ८ श्रावण, २०८३ nepalexplores 1152


उपराष्ट्रपति रामसहाय यादव र स्वीस राजदूत डेनियल बीच भेट

८ साउन, काठमाडौं । 

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली बीच भेट भएको छ ।

आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको उपराष्ट्रति यादको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र स्वीट्जरल्यान्ड बीच द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूबारे छलफल भएको जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्यान्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि दुई देश बीचको सम्बन्ध सधैं सौहार्दपूर्ण, मैत्रीपूर्ण तथा सहयोगात्मक रहँदै आएको स्मरण समेत गरेका छन् ।

भेटका क्रममा दुई देश बीचको उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन र नयाँ गति दिन सहयोग पुगेको बताएका छन् ।

उपराष्ट्रपति यादवले ‘नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

स्वीस सरकार नेपालको उद्योग लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताउदै राजदूत डा. मोन्टेलियोनले नेपाल र स्वीट्जरल्यान्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनु पर्ने बताएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु