शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

मंगलवार २३ भाद्र, २०८३ nepalexplores 1262


कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

२३ भदौ, काठमाडौं ।

 कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ ।

अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ ।

आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक मध्य २ हजार २९ मात्र विदेशी पर्यटक भ्रमणमा पुगेको कार्यलयले जनाएको छ ।

आर्थिक वर्ष २०८२, ८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना रहेको उल्लेख गरेको छ । 
अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा कोशी टप्पु वन्यजन्तु आरक्षा पुग्ने विदेशी पर्यटकको आगमन कम रहेको जनाएको छ । 

पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि यस क्षेत्रमा विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने कार्यलयका सूचना अधिकारी मिथलेस महतोले बताएका छन् ।

कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यस अनुसारका पूर्वाधार बन्न नसकेको महतोले बताएका छन् । 

प्रचारप्रसारको अभाव हुँदन देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । 

आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्न सके पर्यटकको आगमन बढ् नसक्ने पर्यटन व्यवसायी रमन भट्टराईको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । भने विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु