बिहीबार २२ आश्विन, २०८३
२२ असोज, काठमाडौं ।
गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको सफल परीक्षण भएको छ ।
प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रबद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको हो ।
नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको छ ।
परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । भने परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएको जनाएको छ ।
पर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिने जानकारी दिएका छन् ।हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने मरासिनीले बताएका छन् ।
नगरपालिकाले जिपलाइनका लागि ६०० र स्काई साइक्लिङका लागि ४०० शुल्क निर्धारण गरेको जनाएको छ ।
समुद्री सतह बाट २ हजार ३०० उचाइमा रहेको रेसुङ्गा बाट माछापुच्छ्रे, धौलागिरि लगायत दर्जनौँ हिमशृङ्खला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ ।