बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

राष्ट्रपतिको कदमविरुद्धको रिट हरि फुयाँलको इजलासमा

आईतवार ९ आश्विन, २०७९ Nepalexplores 1211


राष्ट्रपतिको कदमविरुद्धको रिट हरि फुयाँलको इजलासमा

काठमाडौं । राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।

अधिवक्ता सागर बराल, डा।सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ । विधेयक प्रमाणीकरणको विवादसम्बन्धी मुद्दा अरु सात वटा मुद्दाको पछि पालो परेको छ । २० भदौ २०७९ मा संघीय संसदले नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो । १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।


त्यही पृष्ठभूमिमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट आदेश जारी हुनुपर्ने माग गरेका छन् । विधेयक दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि राष्टपति भण्डारीले संविधान उल्लंघन गरेको आरोप लागाईएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु