शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

एमालेबाट थपिने मन्त्रीको नामलिष्ट ओलीको खल्तीमा

बिहीबार २८ पुष, २०७९ nepalexplores 1413


एमालेबाट थपिने मन्त्रीको नामलिष्ट ओलीको खल्तीमा

काठमाण्डौ । नेकपा एमालेले मन्त्रीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ । एमाले उपमहासचिव समेत रहेका विष्णु रिमालले त्यो अधिकार अध्यक्षलाई नै भएको बताए ।

‘ककसलाई मन्त्री बनाउने भन्ने जिम्मा अध्यक्षलाई नै दिएका छौ’, नेता रिमालले भने,‘यसअघि चार जना जाँदा उपाध्यक्ष विष्णु कमरेडलाई टिमको लिडर बनाएर पठाउने र अरु चाहिँ विभिन्न क्षेत्रको समन्वय हुने गरी धेरै पटक चुनाव जितेका तर मन्त्री नभएका नयाँ वा पुराना क्षमता पनि भएकालाई पठाउने सामान्य मापदण्ड हो ।’


सत्ता गठबन्धनको मुख्य भुमिकामा नेकपा एमाले रहेको छ । निवर्तमान सत्ता गठबन्धनलाई टुटाएर नयाँ समिकरण बनाएको र यो पार्टीका लागी महत्वपुर्ण उपलब्धी भएको एमालेले जनाएको छ ।

कतिपय राजनीतिक विश्लेषकहरुले यो सरकार सबै पक्षधर मिसिएको, कुनै आईडियोलोजी, दर्शन, र एजेण्डामा एक नभएको खिचडी सरकारका रुपमा व्याख्या गर्दे आएका छन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु