बिहीबार ७ भाद्र, २०८०
७ भदौं, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताएका छन् ।
एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताए ।
‘अस्ति एउटा पुलिसको अफिसर बोलेको देखेको थिएँ मेरै नाम लिएर’ अहिले फोहोरी हावा बगेको भन्दै उनले भने, ‘हिजो मेरो मातहतमा बसेर काम गरेको हो ।
उसलाई राम्ररी थाहा छ, म कुनै भ्रष्टाचारमा संलग्न हुन्न, नराम्रो काम गर्दिन भन्ने देखेको छ, तर आज कसका लागि मेराविरुद्ध बकवास गरेर हिँड्छ ? उनले प्रश्न गरेका छन ।’