शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

ह्याक भएको ५ दिन बित्दा पनि संचालनमा आएन त्रिवि पनिकाको वेबसाइट

शुक्रबार १९ माघ, २०८० nepalexplores 1269


ह्याक भएको ५ दिन बित्दा पनि संचालनमा आएन त्रिवि पनिकाको वेबसाइट

१९ माघ, काठमाडौं । 
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार बाट त्रिवि  अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।

पनिकाले १५ माघबाट विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत सेवा प्रवाह थालेको थियो । तर, सेवा प्रवाह शुरु भएको एक दिन नबित्दै ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेका थिए ।

‘ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु