आईतवार २१ माघ, २०८०
२१ माघ,काठमाडौं ।
केहि दिन देखि पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसोसम्मको तथ्याङ्क अनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ। भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ। विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका महाशाखाले जनाएको छ ।