शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

शिवरात्रीभर पशुपति क्षेत्र परिसरमा सशस्त्र प्रहरीले स्वास्थ्य सेवा दिने

बिहीबार २४ फाल्गुन, २०८० nepalexplores 1397


शिवरात्रीभर पशुपति क्षेत्र परिसरमा सशस्त्र प्रहरीले स्वास्थ्य सेवा दिने

२४ फागुन, काठमाडौं ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर दर्शण गर्न आउने भक्तजनहरुको सुविधका लागि भन्दै सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने सुरु गरेको छ।

 

शिवरात्रीको पूर्व सन्ध्या देखि नै हेल्थडेक्स स्थापना गरि सेवा प्रदान सुरु गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताए। उनका अनुसार यो सेवा शनिबार बिहान ६ बजेसम्म कायम रहने छ। भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै डाक्टर सहितको एम्बुलेन्स सेवा समेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी राखिएको छ।


भक्तजनलाई सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँ नै उपचार गरिने छ भने थप उपचार चाहिएमा एम्बुलेन्समार्फत नेपाल एपीएफ अस्पताल बलम्बु लगिने थापाले बताए। सनिबारसम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा १ हजार ३०० बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ रहने जानकारी दिए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु