शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

हप्तामा तीन दिन बीमामा आबद्ध अस्पतालले विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

सोमबार ५ चैत्र, २०८० nepalexplores 1458


हप्तामा तीन दिन बीमामा आबद्ध अस्पतालले विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

५ चैत, काठमाडौं। 

स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको छ। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।


सरकारी स्वास्थ्य संस्था –आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने जनाएको छ ।

बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन,  २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन  नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी  सेवा दिनुपर्नेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु