शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

शुक्रबार १४ बैशाख, २०८१ nepalexplores 1546


विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

१४ वैशाख, काठमाडौं ।
काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापन अनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो। भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं प्रदूषित सहर बनेको छ।

विज्ञका अनुसार वायु गुणस्तरको सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ।

तर आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ। दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ।

वातावरणविद्का अनुसार वायु प्रदूषणलाई हेल्चक्य्राइँका रुपमा लिए मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउँछन्। ‘तत्काल असर भनेको घाँटी दुख्ने, आँखा पीरो हुने हो गर्छ भने दीर्घकालीन रुपमा यसले धेरै असर देखाउन सक्छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु