बिहीबार २८ श्रावण, २०८३ (Thursday August 13, 2026)

अमेरिकी सिनेटले युक्रेनलाई सैन्य सहायता दिने विधेयक ग¥यो पास

सोमबार १७ बैशाख, २०८१ nepalexplores 1439


अमेरिकी सिनेटले युक्रेनलाई सैन्य सहायता दिने विधेयक ग¥यो पास

१७ बैशाख, काठमाडौं ।
अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक अत्यधिक बहुमतले पास गरेको छ।

डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९–१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हालेका थिए। सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइडेनकहाँ पठाइएको छ। उनले हस्ताक्षर गरेपछि रूससँगको युद्धमा हतियारको अभाव खेपिरहेको युक्रेनले अमेरिकी हतियार र अन्य सहायता पाउने छ।

अमेरिकामा बजेट दिने अधिकार सदनलाई मात्रै हुन्छ र दुवै सदनले पास नगरिकन राष्ट्रपतिले चाहेर पनि बजेट छुट्टयाउन पाउँदैनन्। युक्रेन, इसराइल र ताइवानलाई सहायता दिन यो संयुक्त विधेयकको पक्षमा दुवै सदनको स्पष्ट बहुमत भए पनि लामो समयदेखि प्रतिनिधि सभामा अड्किएको थियो।

यो विधेयकले इसराइलका लागि सहायता र गाजा लगायत क्षेत्रमा द्वन्द्वको चपेटामा परेका गैरसैनिकका लागि मानवीय सहायता समेत गरेर २६.४ अर्ब डलर छुट्टयाएको छ। त्यस्तै, ताइवान लगायत इण्डो–प्यासिफिक क्षेत्रका लागि ८.१ अर्ब डलर प्रदान गर्नेछ। डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेट बाट बहुमत रिपब्लिकन सांसदको पनि समर्थनसहित यो विधेयक पास भए पछि युक्रेनले रूससँग लड्नका लागि अमेरिकी हतियार पाउने छ।

द गार्डियनका अनुसार अमेरिकाले दिने ६०.७ अर्ब डलरमध्ये २३ अर्ब डलरबाट अमेरिकाले युक्रेनलाई हतियार दिएपछि कम भएको आफ्नो भण्डारमा फेरि हतियार थप्नेछ। त्यस्तै १४ अर्ब डलर बराबरको अत्याधुनिक हतियार अमेरिकी रक्षा मन्त्रालयले आफैं किनेर युक्रेनलाई दिनेछ।

११ अर्ब डलर जति युरोपमा अमेरिकी सेना र गुप्तचर परिचालन गर्न खर्च हुनेछ। लगभग ८ अर्ब डलर चाहिँ गैरसैनिक सहायतामा खर्च हुनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु