शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

युक्रेनले पायो थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग

बिहीबार १७ श्रावण, २०८१ nepalexplores 1449


युक्रेनले पायो थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग

१७ साउन, काठमाडौं ।
युक्रेनले नेटो राष्ट्रहरू बाट थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग पाएको छ।

युक्रेनलाई पहिलो किस्तामा केही एफ–१६ लडाकु विमान भित्रिइसकेको भनेर एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाले जनाएको छ।

युक्रेनमा एफ–१६ लडाकु विमान आइपुगेको युक्रेन वा नेटो कसैले पनि आधिकारिक पुष्टि गरेका छैनन्।  विगत केही दिनमा सामाजिक सञ्जालमा युक्रेनी आकाशमा उडिरहेका एफ–१६ लडाकु विमान भनेर धेरै तस्बिरहरू पोष्ट भएका छन्।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ–१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएका थिए। त्यसको १४ महिनापछि एफ–१६ लडाकु विमान अन्ततः युक्रेनको हात लागेको छ।

अमेरिका आफैले एफ–१६ लडाकु विमान दिने नभने पनि बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेले युक्रेनलाई ८० वटा सो विमान उपलब्ध गराउने वाचा गरेका थिए। अहिले युक्रेनको हात लागेका विमान कसले दिएको हो भन्ने खुलेको छैन।

यसको प्रयोगले युक्रेनलाई युद्धमा थप सफलता मिल्न सक्ने छ। अर्को तर्फ यी विमानहरू युक्रेनले आक्रमणमा प्रयोग गर्न थाल्ने भए पछि रूसलाइ पनि वार्तामा आउन दबाव पर्नेछ ।

अमेरिकी हतियारले आफ्नो भूमिमा युक्रेनले आक्रमण गर्दैन र युक्रेनी हतियारले खासै नोक्सान गर्न सक्दैन भनेर ढुक्क भएको रूसले युक्रेनको सीमा छेवैमा सेना भेला गरेर खार्किभ सहरमा आक्रमण गर्न थालेपछि बाइडेनले रूसभित्र पनि अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

अमेरिकाले आफ्ना हतियार रूसी भूमिभित्र पनि प्रयोग गर्न अनुमति दिएपछि रूसभित्र रहेका धेरै एस ३०० र ४०० मिसाइल डिफेन्स सिस्टमहरू युक्रेनले ध्वस्त पारेको थियो।

एपीनेटो राष्ट्रहरूले युक्रेनलाई दिएको एफ–१६ लडाकु विमानको प्रतीकात्मक  तस्बिरः 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु