शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

वर्षाका कारण राजमार्ग अवरूद्ध हुँदा, हवाई उडानमा यात्रुको चाप

आईतवार १३ आश्विन, २०८१ nepalexplores 1439


वर्षाका कारण राजमार्ग अवरूद्ध हुँदा, हवाई उडानमा यात्रुको चाप

१३ असोज, काठमाडौं ।

लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई उडानमा यात्रुको चाप बढेको छ।

यतिबेला विभिन्न राजमार्गहरू बन्द छन्। राजमार्गहरू बन्द भएसँगै यात्राका लागि विकल्प बनेको हवाईमार्ग मौसम खुले पछि यात्रुको चाप अत्याधिक बढेको छ। 

मौसममा सुधार आएसँगै नियमित उडान भए पछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि यात्रा गर्नेहरूको भीडले विमानस्थल भरिभराउ छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु