बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बृद्धि

बुधबार १७ पुष, २०८१ nepalexplores 1357


अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बृद्धि

१७ पुस, काठमाडौं । 
अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बृद्धि भएको छ।

अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य मानिन्छ । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। 
अन्नपूण क्षेत्र भ्रमण गर्ने पर्यटक मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त भ्रमणको सङ्ख्या हालसम्मकै उच्च रहेको जनाएका छन्। यस अघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक यस क्षेत्रमा बढेको जनाएका छन्।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु